02 November 2016

सावधान: वाईफाइले लिनेछ मानिसहरुको जीवन

२ नोभेम्बर २०१६,  लण्डन – ओस्कर पुरस्कारले सम्मानित गायिका एडेलले यस्तो कुरा बताएकी छिन् जसमा हामी सबैले ध्यान दिन जरुरी छ । आउँदो २५ वर्षमा वाइफाईले मानिसको ज्यान लिने एडेलको मान्यता छ ।
फिमेल फस्र्टको खबर अनुसार जुन प्रकारले आज जीवनमाथि प्रविधि भारी परेको छ त्यसले ‘हेलो’ की गायिका एडेललाई घृणा भएको बताएकी छिन् । अबको २५ वर्षमा वायरलेस इन्टरनेट र डिभाइसले संसारलाई सफाया गरिदिने उनी विश्वास गर्छिन् ।

कुनै पललाई आनन्द लिनुको साटो मानिसहरु देखाउनका लागि तस्बिर खिच्नुपर्ने मान्यता राख्छिन् । यो अचम्म छ । करिब १० वर्ष जब म बाहिर निस्कन्थें तब कोहीसँग पनि फोन हुँदैनथ्यो । म मानिसहरुको बीचको मञ्चमा जान्थें तर अब म १८ हजार फोनको बिचको मञ्चमा जान्छु । मानिसहरु वरिपरिको वातावरणलाई ध्यानै नदिई आफ्नै फोनमा झुण्डिरहेका हुन्छन् ।
उनी भन्छिन्, ‘वाइफाइले हामीलाई मार्दैछ । यो हाम्रो वरिपरि पूर्ण रुपमा छाइसकेको छ । आज म यो भन्न चाहन्छु कि तपाईंले अबको २५ वर्षमा यसको परिणाम देख्नुहुन्छ ।’

No comments :

Post a Comment