एनसेलका सिईओ एरिम टाइलनलरले आफूहरुसँग तीन दिनको लागि मात्रै इन्धन रहेको भन्दै सो बीचमा इन्धन नपाए आफ्नो तीस करोड उपभोक्ता सेवा पाउनबाट वञ्चित हुने बताए ।
उपकरण चलाउने इन्धन तीन दिनको मात्रै स्टक छ, मैले दुखका साथ भन्नुपर्छ इन्धन नपाए हामी तीन दिन पछि एनसेलको सेवा सुचारु गर्न सक्ने अवस्थामा हुँदैनौं’, संसदको विकास समितिमा छलफल गर्न आएका टाइलनलरले भने , ‘तीन दिन भित्र डिजेल नपाए हाम्रा एक करोड ३० लाख उपभोक्ताको सेवा अवरुद्ध हुनेछ।’
उनको समस्या सुनेपछि समितिका सभापति रवीन्द्र अधिकारीले एनसेलको विषयलाई गम्भीरतासाथ लिन सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईलाई निर्देशन दिएका छन् ।
उनको समस्या सुनेपछि समितिका सभापति रवीन्द्र अधिकारीले एनसेलको विषयलाई गम्भीरतासाथ लिन सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईलाई निर्देशन दिएका छन् ।
यस्तै बैठकमा सहभागी नेपाल टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले आफूहरुले पनि इन्धनको समसया झेल्नु परेको बताएका थिए ।
No comments :
Post a Comment