गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार विशेष सुरक्षा योजना लागू गरेसंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली तराईका जिल्लाहरुमा खटाइसकिएको छ । केन्द्रीय सुरक्षा समितिले आजबाट लागू हुने गरी विशेष सुरक्षा योजना लागू गरेको हो । विशेष सुरक्षा योजनामा आन्दोलन चर्किएको तराई मधेसको पर्सादेखि सप्तरी तथा नवलपरासीदेखि बाँकेसम्मका जिल्लारुमा लागू हुनेछ ।
सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाहरुलाई तीन समूहमा वर्गीकरण गरिएको छ र त्यस अनुसार नै जनशक्ति परिचालन हुनेछ । गृह प्रवक्ता ढकालका अनुसार विशेष सुरक्षा योजना लागू भएका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरेर सुरक्षाकर्मी परिचनलन गर्नेछ । जसमा नेपाल प्रहरी अगाडि रहनेछ भने त्यसलाई सशस्त्र प्रहरीले सहयोग गर्नेछ ।
एक दमै राम्रो निर्णया
ReplyDeleteVery good
ReplyDeleteI really like this.
balla chitta bujiu
ReplyDelete