02 November 2016

'भारतीय राष्ट्रपतीलाई स्वागत छैन', ओलीले गरे दुतावासको निमन्त्रणा अस्विकार

२ नोभेम्बर २०१६, काठमाण्डौ- सदैब नेपाली राष्ट्रियताको हिमायतीको रुपमा उभिएका पुर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अर्को कदमको सर्वत्र प्रशंसा भएको छ । उनले भारतीय दुतावासले भारतीय राष्ट्रपतिको सम्मानमा आयोजना गरेको दिवाभोजमा ओलीले दुतावासको निमन्त्रणा अस्विकार गरेका हुन ।
गत सालको दशैमा भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालीहरुको जनजीवन कष्टकर बनेको थियो । त्यसताका प्रधानमन्त्रि रहेका केपी शर्मा ओलीले भारतको नाकाबन्दीको डटेर सामना गरेका थिए भने नेपाली बजारमा भारतको एकछत्र राजलाई समाप्त गर्नका लागी अर्को छिमेकि चीनसँग पेट्रोलियम पदार्थको आयात लगायतका बिभिन्न सम्झौताहरु गरी देशलाई आत्मनिर्भरको बाटोमा लैजाने योजना बनाएका थिए । 


यसरी ओली राष्ट्रहितका कारण लोकप्रिय बनिरहेको देख्न नसकेपछि दशौंहजार नेपाली जनताको रगतमा टेकेर राजनितीमा उक्लिएका तथा तथाकथित बिद्रोहताका भारतसँग 'सुरुङ-युद्द' गर्नुपर्ने बन्दै हौस्याएर जनताका छोरा मर्न पठाउने नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल उर्फ 'प्रचण्ड' ले भारतसँग लम्पसार पर्दै सत्ता हत्याएका थिए । 

यसैगरी भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउनै लाग्दा सामाजिक सञ्जालमा उनीविरुद्ध ट्रेण्डिङ भारतीय राष्ट्रपतिलाई स्वागत छैन, अर्थात ह्याश ट्याग #IndianPresidentNotWelcome भन्ने ट्रेण्डिङ १ नम्बर भएको छ । यस अघि पनि भारतको विरोधमा नेपालमा विभिन्न ट्रेण्डिङ भएपनि राष्ट्रप्रमुख नै आउँदा यस्तो खरो विरोध भएको पहिलो पटक हो ।

यसरी भारतीय दुतावासको आयोजनामा भएको कार्यक्रममा नेपालमा बसेर भारतको हितमा कामगर्ने, नेपाली कांग्रेस, माओबादी लगायतका नेताहरुको लाईन लागेको छ भने एमालेका उच्च तहका नेताहरु भने भोजमा सहभागी नभएको श्रोतले बताएको छ । 

No comments :

Post a Comment