02 November 2016

महोत्तरीमा तीन बर्षिय बालिका बलत्कृत

२ नोभेम्बर २०१६, जलेश्वर– महोत्तरीमा तीन बषकी बालिका बलात्कृत भएकी छिन् । भाईटिका मनाउन आमासंगै मावली आएकी वालिका मंगलवार दिउसो बलात्कारमा परेकी हुन् ।
घरमा कोही नभएको मौका छोपी गौशाला–२ का २२ बर्षका कुमार भुजेलले ती वालिकालाई बलात्कार गरेका हुन । उनी बलात्कारको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरक्षिक जनक भटटराईले बताए ।

बालिका चिच्याएपछि छिमेकीहरु बालिकाको घरमा पुगेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । बालिकाको उपचार भैरहेको छ ।

No comments :

Post a Comment