23 April 2016

हस्तमैथुन गर्ने जेल चलान

Man-in-jailसोँच्नुहोस् त जब कुनै मानिस हस्तमैथुनको नशा चढेर  यति चूर हुन्छ की घरभित्रै तोडफोड मच्चाउँछ । हस्तमैथुनको नशामा बेहोसै भएर तोडफोड मच्चाउने गरेको कुरा सुनिएको थिएन, भलै सेक्स र मैथुनमा ठूलो आवाज निकालेर छिमेकीलाई डिस्टर्ब गर्ने गरेको आरोपमा जेल परेका घटना भने सुनिन्ने अन्तराष्ट्रिय मिडियामा कहिलेकाहीँ ।
हालै अमेरिकाको फ्लोरिडामा भने हस्तमैथुन गर्दा गर्दै घरमै तोडफोड गरेकेा आरोपमा एक युवक पक्राउ परेका छन् ।

पुलिसका अनुसार गीत सुन्दै हस्तमैथुन गर्दा गर्दै उनी उत्तेजनामा यति डुबेछन् की घरभित्र उनले तोडफोड नै मच्चाउने इच्छा पैदा भएछ ।
विलियम टिमोथी एन्डरसन नामका ती युवकले घरमा तोडफोड मच्चाइरहेको उजुरी कसैले पुलिसमा गरिदिएछ । पुलिस घटनास्थल पुग्दा उनले घरका झ्यालका सिसा तथा अन्य सामानहरु समेत तोडफोड पारी तहस नहस बनाएको अवस्थामा फेला पार्यो ।
हफिंटन पोस्टका अनुसार पुलिस सँगको बयानमा एन्डरसनले अनौठो खुलासा गरे । गीत सुन्दै हस्तमैथुन गर्दा आफुले होस नै गुमाएको र सरसामानहरु तोडफोड गर्ने मन जागेको उनले बताए ।
हस्तमैथुन गरेर तोडफोड गर्दा उनले कुन गीत संगीत सुनेका थिए भन्ने कुरा अझै खुलेको छैन । उनले आफुले त्यसबेला लामो समयदेखि नै चर्को आवाजमा गीतसंगीत सुनिरहेको र अति नै धेरै हस्तमैथुन गरिसकेको बताएका थिए ।
हस्तमैथुन गरेर तमासा मच्चाउने एन्डरसन अहिले जेलमा छन् र उनले ७ हजार डलर जरिवाना तिर्नुपर्नेछ ।

No comments :

Post a Comment