23 April 2016

एक लाख ३४ हजार नेपाली फरार

Sarboccha-Adalat२३ अप्रिल २०१६, काठमाडौं- अदालतबाट दोषी ठहर भई फरार हुने संख्या करिब डेढ लाख छ ।
अदालतबाट दोषी ठहर भई फरार हुने को संख्या एक लाख ३४ हजार आठ सय ३९ रहेको सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

अन्य अर्धन्यायिक निकायबाट दोषी ठहर गरेकाहरुबाट मात्र एक लाख १० हजार दुई सय ६० दिन कैद असुल्न बाँकी छ ।
यस्तै १० अर्व १८ करोड ३० लाख ९६ हजार नौ सय ८१ रुपैयाँ जरिवाना असुल्न बाँकी रहेको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्र उपाध्यायले बताए ।
जिल्ला वन कार्यालय, राजश्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालयजस्ता अन्य  अर्धन्यायिक निकायले दोषी ठहर गरी फरार रहेका व्यक्तिको भने राज्यले कुनै तथ्यांक राखेको छैन् ।

No comments :

Post a Comment