फाइल तस्वीर
आइतबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सरकारसँग वार्ताको अब कुनै सम्भावना नरहेको समेत बताए । ‘सरकारले वार्ताको ढोका बन्द गरेको छ । अब वार्ता हुने कुनै सम्भावना छैन,’ उनले भने ।
‘आन्दोलनलाई अन्तराष्ट्रिय समर्थन’
अध्यक्ष ठाकुरले आफूहरुको आन्दोलनमा विदेशी राष्ट्रहरुको समर्थन रहेको दाबी समेत गरे । उनले भने, ‘सरकारसँग विगतमा भएका सहमति र हामीले आन्दोलन गर्नुको कारणबारे जानकारी गरायौं । अन्तराष्ट्रिय समुदायले समेत आन्दोलन जायज छ भनेका छन् ।’
उनले आगामी २५ गते मोर्चाको बैठक बस्ने र आन्दोलन सशक्त पार्ने चेतावनी दिए । अध्यक्ष ठाकुरले अब मधेसी जनता अधिकार प्राप्तिकालागि अन्तिम र निर्णायक लडाईं लड्ने बताए ।
No comments :
Post a Comment