25 April 2016

बिबिसी हिन्दीले कनकमणिलाई पुर्व मुख्यसचिव भनेपछि


२५ अप्रिल २०१६, काठमाण्डौ- बेलायती समाचार संस्था 'बिबिसी समाचार सेवा' को भारतीय सस्करण 'बिबिसी हिन्दी'ले कनकमणि दीक्षित राजाको शासनकालमा मुख्यसचिव भएसकेको भनेर लेखेपछि नेपाली पाठकहरुले उसको विश्वसनियतामाथि नै प्रश्न गर्न थालेका छन । "भ्रष्टाचारको आरिपमा पत्रकार गिरफ्तार" शिर्षकको समाचारमा यसो भनिएको छ -


नेपाल सरकारले अाम्दानीभन्दा बढी सम्पत्ति राखेको आरोपमा एक बरिष्ठ पत्रकारलाइ गिरफ्तार गरेको छ । 
साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले पक्राउ गरेको हो । यो आयोग भ्रष्टाचारसँग जोडिएका मुद्दाहरुलाइ छानविन गर्ने कानुनी निकाय हो ।  आयोगका अनुसार दीक्षितले आफ्नो अख्तियारको दुरुपयोग गरेका छन । उनले आफ्नो आम्दानीभन्दा खर्च कसरी बढी भयो भन्ने प्रश्नको आयोगलाई सन्तोषजनक जवाफ दिएका छैनन् । 

कनकलाई पाटनढोका स्थित उनकै घरबाट गिरफ्तार गरिएको हो । पाटन राजधानी काठमाण्डौ सग जोडिएको जिल्ला ललितपुरको एक शहर हो । 

दीक्षितले भने यो राजनितिक षड्यन्त्र भएको जिकिर गरेका छन । उनले भनेका छन, " मलाइ फसाइराखिएको छ । यो मेरो चरित्रमा दाग लगाउने कोसिस हो ।"

कनकमणि नेपालमा राजतन्त्र भएको बेला मुख्य सचिव थिए । उनी नेपालमा राजतन्त्रको बिरुद्दमा भएको आन्दोलनको भाग बनुसकेका छन ।

दीक्षितले नेपालको सरकारी सेवामा कहिले पनि सेवा गरेका छैनन । उनी पत्रकार, नागरीक अगुवा तथा मानवअधिकारवादि कार्रकर्ता हुन । पछिल्लो समयमा सहकारीमार्फत साझा यातायातलाई तलवबिहिन नेतृत्व प्रदान गरेर उनले बन्दा भईसकेको साझा यातायातलाई काठमाण्डौका सहरमा पुन गुडाउन सफल भएका थिए भने साझालाई देशभर विस्तार गर्ने उनको योजना रहेको थियो ।



No comments :

Post a Comment