19 January 2016

प्रेमीको हत्या गरी फेसबुकमा लेख्ने पक्राउ


१९ जनावरी २०१६, एजेन्सी- आफ्नो प्रेमीलाई चक्कु प्रहार गरि हत्या गरेर फेसबुकमा त्यसको स्विकार गरेकी एक १८ वर्षीया युवतीलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ ।

नाकासिया जेम्सलाई प्रहरीले क्यालिफोर्नियाको हेमेट सहरबाट २१ वर्षिय प्रेमी डोरियन पोवेलको हत्या गरेको एकसाता पछि पक्राउ गरेको हो ।

दुईजनाबीच घरेलु विषयमा विवाद भएपछि जेम्सले प्रेमीको चक्कु प्रहार गरेर हत्या गरेकी थिइन् । हाल डिलिट गरिएको फेसबुक स्ट्याटसमा जेम्सले प्रेमीसँग विवाद भइरहँदा, पोवेलले मुखमा हिर्काएपछि चक्कु प्रहार गरेको उल्लेख गरेकी थिइन् ।

‘मेरो हातमा चक्कु पर्‍यो, मैले उसलाई हिर्काएँ । मार्छु भनेर हिर्काएको भने होइन । तर उ मर्‍यो र म अहिले भागी रहेको छु,’ उनले लेखेकी थिइन् ।

लसएन्जलस टाइम्सका अनुसार बिहान ९११ मा फोन आएपछि प्रहरी त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको थियो ।


No comments :

Post a Comment