19 January 2016

जागीर लगाईदिने भन्दै चेलीमाथी सामुहिक बलात्कार

rape१९ जनावरी २०१६, काठमाडौं – जागिरको सपनामा काठमाडौं छिरेकी युवती सामूहिक बलात्कारको सिकार भएकी छन् । चिनजानकी दिदीको सहयोगमा धनगढीबाट काठमाडौं आएकी २० वर्षीया युवती भोलिपल्टै सामूहिक बलात्कारमा परेकी हुन् ।
२६ पुसमा नयाँबसपार्कको शुभकामना गेस्ट हाउसमा युवतीको बलात्कार भएको हो । धनगढीकै ४० वर्षीया दुर्गादेवी रतलाले जागिर लगाइदिने भन्दै उनलाई गेस्ट हाउसमा राखेर युवकहरुसँग जबरजस्ती सम्बन्ध राख्न लगाएकी थिइन् । आफूलाई पाँचजनाले गेस्ट हाउसमा बलात्कार गरेको पीडित युवतीले प्रहरीसमक्ष बताएकी छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments :

Post a Comment