आम हड्ताललाई सशक्त बनाउनु एक दिन अगाडि सोमबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको थियो। मोर्चाका नेता तथा कार्यकर्ताले मंगलबार बिहानैदेखि वीरगन्जको मुख्य मुख्य चोकमा टायर बालेर विरोध प्रदर्शन गर्दै वीरगन्ज बजार पूर्ण रुपले बन्द गराएका छन्। उनीहरुले बिरोध प्रदर्शन गर्नुको साथै बजारमा र्याली गरेर र मोटरसाइकल कुदाएर पटक–पटक नगर परिक्रमा गरी पसल, ब्यपारिक प्रतिष्ठान र यातायात बन्द गराएका थिए।
मोर्चाको विरोध प्रदर्शनका कारण मंगलबार वीरगन्जको मुख्य बजार क्षेत्रका कुनै पनि पसलहरु खुलेका छैनन्। मोर्चाका जनपरिचालन संयोजक प्रदीप यादव नेतृत्वमा रहेका नन्दन यादव, पुरुसोतम झा, नेक महमद, राजुदिन बाबु, मुस्तफ हवारी लगायत नेता तथा कार्यकर्ता बन्द गराउदै हिडेकाहरुको नेतृत्व गरेका थिए । नाकामा धर्ना कायमै छ ।
No comments :
Post a Comment