08 January 2016

तराईमा स्थानीयको तीब्र प्रतिकार, आन्दोलनकारीलाई ज्यान जोगाउन हम्मे-हम्मे

aagjani moterbike८ जनावरी २०१५, जनकपुर-  आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तालाई जनकपुरमा स्थानीय व्यापारीले लखेटेका छन् ।
बिहीबार बिहानैदेखि बजारल बन्द गराउँदै हिँडेका आन्दोलनकारीलाई व्यापारीले तथा स्थानीयले ४- ५ महिनासम्म पनि के को बन्द भन्दै लखेटेको संचारकर्मी बिरेन्द्र यादवले जानकारी दिए ।
व्यापारीको समूहले आन्दोलनकारीका मोटरसाइकलमा समेत आगजनी गरेका छन् ।
लामो समयदेखि मुलुकमा अस्थिरता बढ्दै गएपछि आक्रान्त बनेका व्यापारीहरु नै तराईका विभिन्न जिल्लामा आन्दोलनकारीलाई लखेट्ने कार्यमा संलग्न हुँदै आएका छन् ।


No comments :

Post a Comment