08 January 2016

युवतीलाई नजिस्क्याउन आग्रह गर्दा राजबिराजमा गोली हानियो

८ जनावरी २०१५, राजविराज : गाउँले दिदीबहिनीलाई नजिस्काउन भन्दा जिस्काउने युवकहरुले शुक्रबार दिउँसो राजविराजमा एक बालकमाथि गोली प्रहार गरेका छन् ।
 
मोटरसाइकलमा आएका तीन युवकहरुले राजविराज–२ निवासी दिनेश ठाकुरका छोरा १७ वर्षीय दीपक ठाकुरमाथि गोली प्रहार गरेका हुन् । 
 
गोली बायाँ काँध छेडेर निक्लिएको गनासिं सगरमाथा अञ्चल अस्पताल राजविराजले जानकारी दिएको छ । अपरिचित युवाहरुले गाउँले दिदीबहिनीलाई जथाभावी जिस्काएपछि ती बालकले प्रतिरोध गरेको बताए । 
 
घाइते ठाकुरका अनुसार एकक्षणमा डिस्कोभर मोटरसाइकल चढी आएका तीनजनाले विवाद गर्दै गोली हानेर फरार भए । गोली हानिएको हतियारबारे एक्सरेको रिपोर्टपछि पत्ता लाग्ने प्रहरी निरीक्षक सुरज खडकाले बताए ।  
 
सदरमुकाममा गोली प्रहारको घटनापश्चात् सप्तरीको स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेर नाका तथा संवेदशील स्थानमा सुरक्षा चेकजाँच बढाएको छ ।

No comments :

Post a Comment