08 January 2016

हेर्नुहोस घाँसको खोले खाएर बाचीरहेका चालीस हजार मान्छेहरु

८ जनावरी २०१५, एजेन्सी सिरियाको मदाया सहरमा खानेकुरा अभाव भएपछि करिब ४० हजार मानिस घाँसको खोलेका भरमा बाँचिरहेका छन्। आफूसँग भएको कुकुर-बिरालाको मासु खाएर बाँचिरहेका उनीहरु ती जनावर समेत सकिएपछि थप संकटमा परेका छन्। 
 
भोकमरीका कारण त्यहाँ १० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। वयस्कहरु त जसोतसो बाँचिरहेका छन् तर केटाकेटी र बृद्धबृद्धाले भने दैनिकजसो ज्यान गुमाइरहेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। 
 
राष्ट्रपति बसर अल असद समर्थक सैनिक र हिज्बुल्लाहका लडाकुहरुले सहरलाई घेराबन्दी गरेपछि त्यहाँ खाद्यान्न जान सकेको छैन। 
 
स्थानीय अबु अब्दुल रहमानले अल जजिरा टेलिभिजनका संवाददातासँग भनेका छन्, 'सहरमा अब कुकुर-बिराला बाँकी छैनन्। अहिले हामीले खाने गरेको रुखका पातहरु समेत अभाव हुन थालेको छ।'
 
उक्त सहरमा एक किलोग्राम चामलको मुल्य २६सय रुपैंयाभन्दा बढी पुगिसकेको छ जब कि त्यहाँका धनी परिवारका लागि समेत यो किन्नै नसक्ने मूल्य हो। 

No comments :

Post a Comment