08 January 2016

भारतको शिरमा किल्ला गाडेर चीनले बिद्युत निकाल्दै

८ जनावरी २०१५, एजेन्सी : भारतको तीब्र विरोधका बाबजुत चीनले भारतीय कश्मिरसँगैको पाकिस्तान नियन्त्रित कश्मीरस्थित झेलुम नदीमा ठूलो बाँध बनाउने घोषणा गरेको छ । 
 
भारतको शिरका रुपमा परिचित कश्मीरमा चीनको सरकारी कम्पनीले यो बाँध बनाउने घोषणा गरेको हो । यो घोषणापछि भारतको कडा विरोधका बावजूद चीन पाकिस्तान नियन्त्रित कश्मीरमा ठूलो परियोजनामा सक्रिय रहेको पाइएको छ । 
 
चीनको सबैभन्दा ठूलो सरकारी हाइड्रोपावर कम्पनीमध्ये एक सिटिजिसीले झेलुम नदीमा बाँध बनाउने परियोजनामा सम्झौता गरेको हो । 
 
सिटिजिसीले ने चीनमा विश्वकै ठूलो बाँध बनाएको छ । अब यसै कम्पनीले पाकिस्तान नियन्त्रित कश्मीरमा कोहाला हाइड्रोपावर प्रोजेक्ट बनाउने कामका लागि सम्झौता गरेको छ । 
 
कम्पनीले यो सूचना आफ्नो वेबसाइटमा दिएको छ । झेलुम नदीमा यो बाँध बनाइएपछि एउटै परियोजनाबाट ११ सय मेगावट बिजुली उत्पादन हुनेछ । यो परियोजनाको लागत २ अर्ब ४ करोड अमेरिकी डल रहेको छ । 
 
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार चीनले यसका लागि ३० वर्षको सम्झौता गरेको छ । भारतले यो बाँध बनाउने चिनियाँ चासोमा पहिलेबाटै आपत्ति जनाउँदै आएको छ । 
 
तर चीनले आफ्नो यो परियोजनालाई शुद्ध व्यावसायिक गतिविधि बताएको छ । चीनले यो परियोजनमा हस्ताक्षर गर्दा कश्मीर मुद्दामा कुनै पूर्वाग्रह नराखेको जनाएको छ । साथै भारत र पाकिस्तानबीचको कुनै विवादबारे चीनले चासो पनि दिएको छैन । 
 
कोहाला बाँध न्यू चाइना पाकिस्तान इकोनोमिक कोरिडोरको अहम परियोजना हो । यो त्यही कोरिडोर हो जुन चीनको जिनजियाङ्ग इलाकामा काशगरलाई पाकिस्तान नियन्त्रित कश्मीर हुँदै पाकिस्तानको ग्वादर बन्दरगाहसँग जोडिन्छ । 
 
पाकिस्तानको ग्वादर बन्दरगाह पनि चीनले नै बनाइदिएको हो । यो बन्दरगाह पनि चीनले नै व्यवस्थापन गर्दै आएको छ । यो कोरिडोर चीनका लागि रणनीतिक र व्यावसायिक प्रयोजनका लागि धेरै महत्वपूर्ण रहेको छ । 

No comments :

Post a Comment