08 January 2016

पेरीसमा फेरी आक्रमण प्रयास

paris-attacks-isis-valls-france८ जनावरी २०१५, एजेन्सी – फ्रान्सको राजधानी पेरिसस्थित एक प्रहरी केन्द्रमा बिहीबार बिहान आक्रमण गर्ने एक शंकास्पद आक्रमणकारीको प्रहरी कारबाहीमा परी मृत्यु भएको छ ।
पेरिसस्थित व्यंग्य पत्रिका चार्ली हेब्दोको कार्यालयमा आक्रमण गरी पत्रकारसहित १२ जनाको हत्या गरेको एक वर्ष पुगेकै दिन पेरिसस्थित प्रहरी केन्द्रमा ती शंकास्पद आत्मघाती आक्रमणकारीले हमला गरेका थिए ।
प्रहरीका अनुसार चक्कु बोकेका ती आक्रमणकारी अल्ला ओ अकबर भन्दै चिच्याएका थिए । उनले विस्फोटक कपडा लगाएको फ्रान्सको गृह मन्त्रालयले उल्लेख गरेको छ, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments :

Post a Comment