08 January 2016

ताप्लेजुङमा जताततै कालो सुन, पाँच अर्बको बिक्रि

८ जनावरी २०१५, ताप्लेजुङ- ताप्लेजुङमा यसवर्ष साढे पाँच अर्ब रुपैयाँ बराबरको अलैंची उत्पादन भएको छ ।
‘कालो सुन’को उपमाले चिनिने पहाडी जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंचीको उत्पादन बढेसँगै आम्दानी पनि बढेको छ । जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार यो वर्ष जिल्लामा कुल दुई हजार चार सय १० मेट्रिकटन अलैंची उत्पादन भएको छ ।
यो उत्पादन गत वर्षको भन्दा एक हजार मेट्रिक टनले बढी हो । गतवर्ष एक हजार चार सय १० मेट्रिकटन मात्र अलैंची उत्पादन भएको थियो ।

हालको स्थानीय बजार मूल्य ९० देखि ९२ हजार रुपैयाँ प्रतिमन रहेको छ । उत्पादित अलैंचीबाट यो वर्ष ताप्लेजुङमा साढे पाँच अर्ब रुपैयाँभन्दा बढी भित्रिने भएको छ ।
कृषि विकास कार्यालय ताप्लेजुङका बागवानी विकास अधिकृत उमेश राउतले यो वर्ष जिल्लामा ६० हजार दुई सय ५० मन अर्थात कुल २४ लाख १० हजार किलोग्राम अलैंची उत्पादन भएको बताए ।
अलैंचीको मूल्य यो वर्ष गतवर्ष भन्दा प्रतिमन १३ हजार रुपैयाँले कम हो । एक नगरपालिका र ४८ गाविस रहेको ताप्लेजुङमा ओलाङ्चुङगोला बाहेक सबै क्षेत्रको कुल चार हजार पाँच सय हेक्टर जमिनमा अलैंची खेती गरिन्छ ।
- See more at: http://www.imagekhabar.com/samachar/detail/57185/30/.meroml#sthash.I7QohSm0.dpuf

No comments :

Post a Comment