19 January 2016

९६ किलोमिटर यात्रा गरिसकेपछी श्रीमती छुटेको थाहा पाएपछी

Image result for man drives 96 kilometer and realize he missed his wife
१९ जनावरी २०१६, ब्राजील- परिवारसँग यात्रा गर्दै हुनुहुन्छ ? परिवारका कोही पछाडीको सिटमा सुतेका छन ? हरेकपटक गाडी रोकेपछी पुन: चलाउनुअघि सबै सदस्य छन कि छैनन् हेर्नुहोला । नत्र कोही छुट्न सक्छन । ब्राजीलमा बिदा मनाउन गएका परीवारमा एउटा यस्तै घटना घटेको छ । 


ब्राजीलबाट बिदा मनाएर अर्जेन्टिना फर्किने क्रममा एक ब्याक्तिको कारको पछाडी सिटमा सुतिरहेकी श्रीमती पेट्रोल भर्न रोकेको समयमा बाथरुम
गएकी थिइन । पेट्रोल भरीसकेर उक्त ब्याक्तिले पैसा तिरे र कार लिएर हिडे । ९६ किलोमिटर यात्रा गरिसकेपछी उनलाई थाहा भयो कि श्रीमती छुटिन् । अगाडीको प्यासेन्जर सिटमा बसेको छोराले पनि उक्त कुरा याद गरेनन् ।

श्रीमानले छोडेको थाहा पाएपछी श्रीमतीले फोन गरेर सम्पर्क गर्न खोजीन तर सम्पर्क हुन सकेन् । 

बिदेशमा त्यसपछी श्रीमती प्रहरीको सहायता लिन बाध्य भईन् । केही घण्टापछी श्रीमान फर्किए, र उनी श्रीमानसगै गएकी थिइन । 

7 News Australia ले लेखेको छ ।

No comments :

Post a Comment