18 January 2016

सुनचादी पसलमा सुनचादी राखिएको सेफनै चोरीयो


१८ जनावरी २०१६, धादिङ- धादिङको महादेवबेसीमा रहेको पशुपति सुनचाँदी पसलमा सोमबार बिहान चोरी भएको छ ।

बजारको पुरानो गहना पसलमध्येको उक्त पसलमा सटरको ताला काटेर चोरहरुले गहना र नगद राखेको ‘सेफ’ नै उठाएर लगेका हुन् । पसलबाट ३५ लाख बराबरको गरगहना तथा नगद चोरी भएको पसलका सन्चालक लव सुनारले जानकारी दिए ।

चोरी भएको सेफमाग्राहकहरुले बनाउन दिएका ४० तोला गहना र बन्धक राखेका गहना तथा ७ लाख नगद रहेको सन्चालकको भनाइ छ ।

पेशेवर चोरहरुले धेरै दिनदेखि निगरानी गरी चोरी गरेको हुनुपर्ने भन्दै प्रहरीले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -

No comments :

Post a Comment