18 January 2016

मिनुष बनिन युनिक्याम्पस मिस नर्स नेपाल

DSC_8368
१८ जनावरी २०१६, काठमाडौं–‘युनिक्याम्पस मिस नर्स नेपाल २०७२’को उपाधि मिनुष कायस्थले जितेकी छन् । ४१ सुन्दरीहरुलाई पछि पार्दै उनले उपाधी चुमेकी हुन् । उनले शीर्ष ताजसँगै सृजनशील बाल कल्याण केन्द्रको सद्भावना दुतसँगै अष्ट्रेलियामा छात्रवृत्तिमा पढ्ने अवसर र विभिन्न गिफ्ट ह्याम्पर पाएकी छन् । नर्सिङ पेशामा रमाएका र भविष्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले नेक्स्ट मोडल्स नेपालले शनिबार त्रिभुवन आर्मी क्लबमा अबेर साँझ आयोजित कार्यक्रममा सृष्टि राउत र लक्ष्मी रिजाल क्रमशः फष्ट र सेकेण्ड रनर अप घोषित भए । फष्ट र सेकेण्ड रनरअपले पनि अष्ट्रेलियामा छात्रवृत्तिमा पढ्ने अवसर र विभिन्न गिफ्ट ह्याम्पर हात पारेका छन् । विधागततर्फ दिव्या
भण्डारी ‘ब्युटी विथ ब्रेन’, नयुमा राई ‘बेष्ट पर्सनालिटी’, वर्षा कार्की ‘बेष्ट क्याटवक’, सुबी लामा ‘बेष्ट नर्सिङ थिम ड्रेस’, सम्झना श्रेष्ठ ‘मष्ट पपुलर’, स्वेता थापा ‘पब्लिक च्वाईस’, रिया देउला ‘मष्ट डिसिप्लेन’, श्रृष्टि राउत ‘मष्ट ट्यालेन्ट’, सपना घर्ती मगर ‘बेष्ट स्माइल’ घोषित भएका छन् ।


त्यस्तै अनुषा राजभण्डारी ‘मष्ट चार्मिङ’, पुजा तामाङ ‘बेष्ट स्किन’, प्रिमा मानन्धर ‘बेष्ट हेयर’, रमा श्रेष्ठ ‘मष्ट फोटोजेनिक’, कृपा श्रेष्ठ ‘सोसियल्ली रेस्पोन्सिबल नर्स’, सुष्मा श्रेष्ठ ‘मष्ट फ्रेण्डली’, स्तुति सिंह राठौर ‘मष्ट बब्ली’ र वर्षा राना ‘मष्ट ब्युटिफुल’ बने ।
मोडल तथा कलाकार प्रशान्त ताम्राकार, वीर अस्पतालका एसोसिएट प्रोफेसर डा. सन्ध्या चापागाई, नोबल अस्पतालका मेडिकल डाइरेक्टर डा. लोचन कार्की, मिस नेपाल २००० उषा खड्गी, कमर्सियल फोटोग्राफर राजभाइ सुवाल, फिल्म निर्माता तथा कलाकार सुनिल रावल निर्णायक रहेको कार्यक्रममा आकृति थापाको ड्रेस डिजाईनमा फिनालेमा प्रस्तुत भएका प्रतियोगीहरुलाई रोजिन शाक्यले कोरियोग्राफी गरेका थिए ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र आगामी दिनहरुमा अझ वृहत् र परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता संस्थाकी निर्देशक यतना पाण्डेले व्यक्त गरिन् ।
कार्यक्रममा उठेको आर्थिक हिस्साको केही प्रतिशत सामाजिक उत्तरदायित्व अनुरुप भक्तपुरको गोठाटारमा रहेको सृजनशील बाल कल्याण केन्द«को सहयोगार्थ हस्तान्तरण गरिएको थियो । सो संस्थामा आश्रित बालबालिकाहरुको स्वास्थ्य उपचारमा समेत नेक्स्ट मोडल नेपालले योगदान गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा बी मानव नृत्य समूह र निशा पोमुले नृत्य देखाएका थिए ।

No comments :

Post a Comment