08 January 2016

जनताको समर्थन शुन्य हुदापनि घटेन मोर्चाको दम्भ, कर्मचारी कुटिए

८ जनावरी २०१५, राजविराज : राजविराज–१ स्थित गजेन्द्र चोकमा शुक्रबार मधेसी मोर्चाका कार्यकर्ताहरुले बैंकका कर्मचारीमाथि कुटपिट गरेका छन् ।
 
बन्दमा बैंक सञ्चालन गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले सनराइज बैंक लिमिटेडका सुरक्षा गार्ड सप्तरीको भगवतपुर–४ का ४५ वर्षीय रामसुन्दर यादवलाई कुटपिट गरेको सप्तरी प्रहरीले जनाएको छ । 
 
कुटपिटबाट घाइते यादवको टाउकोमा दुईवटा टाँका लगाइएको छ । उनको राजविराजस्थित अञ्चल अस्पतालमा उपचार गरिएको छ ।
 
लामो समयदेखि बन्द बैंक तथा वित्तीय संस्थाहरु केही दिनदेखि सञ्चालन हुन थालेको अवस्थामा कर्मचारी कुटिएपछि पुनः बन्द भएका छन् ।

No comments :

Post a Comment