18 January 2016

उपेन्द्र यादबले अब सिहदरबार घेर्ने

१८ जनावरी २०१६, काठमाण्डौ- सीमाङ्कनको विषय टुंगो लाग्न नसकेको भन्दै सरकार संयुक्त लाकेतान्त्रिक मधेसी मोर्चा फेरि आन्दोलनमा फर्किने भएको छ। प्रादेशिक संरचनाको विषय नै आन्दोलनको प्रमुख कारण रहेकाले त्यो टुंगो नलागेसम्म आन्दोलनलाई यथावत् राख्ने मोर्चाको रणनीति छ। 
 
मोर्चाको एउटा प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारसँग भइरहेको वार्ताबाट निकास निस्किने सम्भावना एकदमै कम रहेको बताएका छन्। उनले आइतबार भएको वार्ताबारे सरकारले गलत भ्रम फैलाएको पनि बताए। 
 
‘हिजो भएको वार्तामा केही पनि भएको छैन, आजसम्म हुने जुनसुकै छलफल र वार्ता निष्कर्षमा पुग्न सकेको छैन,' यादवले सोमबार विराटनगरमा भने, ‘मुख्य कुरो सीमाङ्कन हो, सीमाङ्कन टुंगो नलागेसम्म आन्दोलन रोकिँदैन।' 
 
पार्टी प्रवेश तथा नेपालको वर्तमान राजनीतिक सन्दर्भ विषयक कार्यक्रममा यादवले आन्दोलनको नयाँ कार्यक्रम पनि घोषणा गरेका छन्। उनले बन्द हडतालमात्र नभएर अबको आन्दोलन सिंहदरबार केन्द्रित हुने बताएका छन्। यसका लागि उनले हिमाल, पहाड र तराई सबै क्षेत्रका उत्पीडित, आदिवासी, जनजाति, खस सबै खालका जनता काठमाडौं लैजाने बताए। 
 
उनले हिमाल, पहाड र तराईका जनताले एकसाथ सिंहदरबार घेर्ने बताए। ‘यदि सरकारले सुुनेन भने ती जनताले सिंहदरबारको एक–एक इँटा झिक्छन्,' उनले भने, ‘एक–एक इँटा बोकेर हिँड्छन्।' 
 
उनले तराईबाट उठेको आन्दोलनले राष्ट्रव्यापी असर पार्ने भन्दै चाँडो सम्बोधन नगरे भयंकर ठूलो विद्रोह हुने चेतावनी दिए। यादवले अहिले भइरहेको आन्दोलन सामान्य नै रहेको तर यसको निकास नदिएको खण्डमा क्षेत्रीय द्वन्द्व, जातीय हुँदै ठूलो युद्ध हुने चेतावनी दिए। ‘राज्यले यदि शान्ति चाहेको हो भने संविधानमा गल्ती गरिएको छ, त्यो सच्याउनुपर्छ, प्रादेशिक संरचनाको बाँडफाँट उचित ढंगले हुनुपर्छ,' यादवले भने, ‘हैन भने भयंकर ठूलो आन्दोलन हुन्छ।' 
 
अध्यक्ष यादवले मूल कुरो सीमाङ्कन नै भएकाले यो टुंगो नलागेसम्म आन्दोलन नरोकिने पनि बताए। यादवले सरकारसँग भइरहेको छलफल ‘वार्ताका लागि वार्ता' भनेजस्तो मात्र रहेकाले अब वार्तामा बस्न अफ्ठेरो रहेको पनि बताए। ‘हामी सेमेस्टर प्रणालीमा जान्नौं, त्यसरी समस्याको समाधान हुँदैन,' उनले भने। 
 
मधेसको आन्दोलनलाई आँखामा छारो हाल्नका निम्ति सरकारले संशोधन विधेयक दर्ता गराएको भन्दै यादवले संशोधन विधेयकले मात्र समाधान ननिस्किने बताए। ‘विगतमा राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदन, विभिन्न समयमा भएका सहमति सम्झौताको कार्यान्वयन हुने किसिमले सम्बोधन नभएसम्म आन्दोलन रोकिँदैन,' यादवले भने, ‘सरकारले संशोधन विधेयक झुक्याउन ल्याएको छ।' 
 
तराई आन्दोलनले कुनै भाषा, संस्कृति र भेषभूषाको बिरोध गर्ने, एक आपसमा घृणा फैलाउने काम नगरेको भन्दै यादवले आन्दोलन असमानता र उत्पीडनविरुद्धको भएको बताए। उनले विभिन्न जातजाति, भाषाभाषीको पहिचानको सम्बोधन भएमात्र मुलुक बलियो हुने बताए। 

No comments :

Post a Comment