18 January 2016

सिहदरवारमा अब लोडसेढिङ नहुने

Solar-Panels१८ जनावरी २०१६, काठमाण्डौ- चीनले सिहंदरबारमा एक मेगावाटको सोलार सिस्टम जडान गरिदिने भएको छ । ५ मेगावाट सोलार बिजुली उत्पादन गर्ने लक्ष्यका साथ तयारी थालिएपनि तत्काल एक मेगावाट मात्र बिजुली निकाल्न लागिएको हो ।
चिनियाँ सरकारी कम्पनीले गरेको अध्ययनले सिहंदरबारमा तत्काल एक मेगावाट मात्र सोलार उत्पादन गर्न सकिने निश्कर्ष निकालेको हो । सिंहदरबारमा सोलार बिजुली जोड्न चीन सरकारले आथिर्क तथा प्राविधिक सहयोग गर्ने भएको छ ।

त्यसका लागि डिजाइनिङको काम अघि बढेको उर्जा मन्त्रालयले जानकारी दिएको छ । डिजाइन सकिएलगत्तै सोलर सिस्टमको खरिद प्रक्रिया अघि बढ्ने उर्जा मन्त्रालयका सह-प्रवक्ता गोकर्ण पन्थले अनलाइनखरबलाई जानकारी दिए ।
‘चीन सरकारले एकवर्षभित्र सिहंदरमारमा सोलार सिस्टम जडान गरिसक्ने बताएको छ’ सहप्रवक्ता पन्थले भने-‘हामीले ६ महिनाभित्र नै यसलाई टुंग्याउन आग्रह गरेका थियौं । तर, प्राविधिक सबै काम सक्न एकवर्ष लाग्ने जवाफ आएको छ ।’
मूल भवन नै अयोग्य
सिंहदरबार भित्रका १८ वटा भवनमा मात्र सोलारका प्यान राखिने भएको छ । प्यानलबाट जम्मा हुने बिजुलीलाई एकीकृत गरी सिहंदरबार भित्र नै प्रयोग गर्ने सरकारको योजना छ ।
त्यहाँका धेरै भवनको माथिल्लो भागमा जस्तापाता प्रयोग भएकाले सोलार प्यानल राख्न नसिकिने देखिएको छ । यस्तै बैशाखको भूकम्पले क्षति पुगेका भवनहरुमा पनि प्यानल राखिने छैन । पूनर्निर्माण र मर्मत गर्नुगर्ने तथा तला थप्ने भवनमा पनि सोलार प्यानल नराखिने भएको छ । सिहंदरबारकै मूल भवन पनि सोलार प्यानल राख्न अयोग्य देखिएको छ ।
सिहंदरबारमै अपुग, ग्रीडमा भने जोडिने
सिहंदरबारमा उत्पादन हुने एक मेगावाट बिजुली त्यहाँका लागि अपुग हुने छ । तर, विदाका दिन सिंहदरबारको बिजुली ग्रीडमा जोड्ने व्यवस्था गर्ने सरकारी तयारी छ ।
झण्डै ५ वर्ष अघि अर्थात ०६७ सालमा सिंहदरबारभित्रै सोलार प्यानल राखेर ५ मेगावाट सौर्य विद्युत उत्पादन गर्ने निर्णय भएको थियो । तर, अध्ययन प्रक्रियामा भएको ढिलाई हुँदा योजना अझै पुरा भएको छैन । ०७० को माघदेखि चिनियाँ टोलीले सिहंदरबारमा अध्ययन थालेको थियो ।
- See more at: http://www.onlinekhabar.com/2016/01/376537/#sthash.kII87qF6.vgphMS2x.dpuf

No comments :

Post a Comment