18 January 2016

आफु 'नया शक्ति'मा लाग्ने कुरा बाबुरामको सपना मात्र: गगन


१८ जनावरी २०१६, काठमाण्डौ- नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले आफू पनि नयाँ शक्तितिर लाग्ने भन्दै  चलाइएको हल्ला मानिसहरुको दिवाश्वप्न मात्र भएको बताएका छन् । ‘बाबुराम भट्टराईको नयाँ शक्तिमा म पनि लाग्दैछ भन्ने चर्चा चलाइएको छ, त्यो निराधार हो । म पार्टीको महाधिवेशनमा केन्द्रित छु,’ प्युठानको बाग्दुल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने ।

उनले युवा पुस्ताबाट महामन्त्री बन्नुपर्ने धारणा दोहोर्‍याउँदै भने, ‘यसपालि पार्टीमा हाम्रो पुस्ताको महामन्त्री हुनुपर्छ । साथीहरुले उम्मेदवारी दिँदैनन् भने म उठ्छु ।’

उनले पहिलो पुस्ताका शीर्ष नेताहरु अभिभावक, अहिलेका महामन्त्रीहरुको पुस्ता सभापति र आफ्नो पुस्ता महामन्त्रीको भूमिकामा हुनुपर्ने पनि बताए । ‘यसपालि युवा महामन्त्री हुन्छ । हाम्रो पुस्ता निर्णायक तहमा पुग्यो भने हामी कांग्रेसलाई नयाँ पनि बनाउँछौं,’ गगनले भने ।


No comments :

Post a Comment