08 January 2016

८०,००० घुस लिदा लिदै रङ्गेहात समातिए ईन्जिनियर

८० हजार घुससहित यसरी समातिए इन्जिनियर (फोटो)
८ जनावरी २०१५, कोहलपुर-नेपालगन्ज उपमहानगरपालिकाका शाखा अधिकृत तथा वरिष्ट ईन्जिनियर श्यामकाजी पिया ८० हजार घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय सम्पर्क कार्यालय कोहलपुरले शुक्रबार एक बजे सडक निर्माण उपभोक्ता समितिसंग ८० हजार घुस लिदै गर्दा उनलाई पक्राउ गरेको हो। नेपालगन्ज–१२ स्थित कुर्मीटोलदेखि चमारटोलसम्मको सडक कच्चीका लागि सम्पन्न भएको कामलाई पास गर्न उनले कोषाध्यक्ष उदित काहारसFग घुस लिएका थिए। आर्थिक बर्ष २०६६-०६७ को बजेट आठ लाख ५० हजारको सडकको काम पूरा भएपनि १० प्रतिशत नदिएको भन्दै पास भएको थिएन्। ईन्जिनियर पियाले सडकको काम पूरा भएको पास गर्न दश प्रतिशतको रकम नदिएकोले बर्षौदेपखि रोक्दै आएका थिए। पियाले उपभोक्ता समितिसँग नगरपालिकामा भुक्तानी बाँकी रहेको एक लाख ८४ हजार ६४४ रुपैँया माग्दै आएका थिए।

अन्तिममा सडक कामको पैसा अरुलाई पनि दिन बाँकी रहेको र ८० हजार रुपैँया मात्र दिने सहमती अनुसार सडक निर्माण कोषाध्यक्ष काहारले शुक्रबार ८० हजार रुपैँया कार्यकक्षमै दिएका थिए। अख्तियारको टोलीले ईन्जिनियर पियालाई घुस लियलगत्तै कार्यकक्षमै पक्राउ गरेको थियो।
Piyaa-22

Piyaa
८० हजार घुससहित पक्राउ परेका उपमहानगरपालिकाका ईन्जिनियर पिया।
- See more at: http://nagariknews.com/main-story/story/52114.html#sthash.9fDzfOZg.dpuf

No comments :

Post a Comment