08 January 2016

रामचन्द्र पौडेलसँग महतोको गुनासो

रामचन्द्र पौडेल र राजेन्द्र महतोबीच दिल्लीमा कुराकानी
८ जनावरी २०१५, रौतहट– निजी कामको सिलसिलमा भारत गएका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दिल्लीमा उपचाररत सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भेट गरेका छन्। सद्भावना विदेश विभाग प्रमुख सुमन साहको दिल्लीस्थित निवासमा करिब आधा घण्टा भएको भेटमा पौडेलले सडकदेखि सदनसम्म मधेसी जनताको पक्षमा सशक्त भूमिका निर्वाह गर्ने बताएका थिए। भेटमा सहभागी एक नेताका अनुसार महतोले कांग्रेसले प्रभावकारी भूमिका निर्वाह नगरेका कारण अहिलेको समस्या आएको भन्दै मधेसी मोर्चाको सहमति विना हुने संविधान संशोधनप्रति आफ्नो आपत्ति हुने जनाएका थिए।
पौडलले सबैको सहमतिमा नै संविधान संशोधन विधेयक अगाडि बढाउने भन्दै कांग्रेसलाई साथ दिन महतोलाई आग्रह गरेका थिए। यसैबीच सद्भावना अध्यक्ष महतो र नेपाल जानकार अशोक मेहेताबीच पनि भेट भएको छ। इण्डिया इन्टरनेशनल सेन्टरमा भएको भेटमा मेहेताले महतोको स्वास्थ्य लाभको कामना गरेको भेटमा सहभागी एक नेताले जनाए।

No comments :

Post a Comment