२६ डिसेम्बर २०१५, काठमाडौं– मोरङको विराटनगरस्थित जोगवनी नाकाबाट मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पक्राउ परेका छन् ।
प्रहरीले उनलाई जोगबनी नाकाबाट पक्राउ गरेको घटनास्थलमै रहेका पत्रकार पंकज दासले Interesting News लाई जानकारी दिए ।
हिजो वीरगञ्जबाट विराटनगर पुगेका महतो आज भारतसँगको सीमानाका जोगबनीमा धर्ना बस्न पुगेका थिए । तर, त्यहाँ धर्ना प्रहरीले अवरोध गरेको थियो । प्रहरीले हस्तक्षेप गरेर धर्नास्थल खाली गराउन खोज्दा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप समेत भएको छ । सो क्रममा केहि आन्दोलनकारी समेत घाइते भएको बताइएको छ ।
No comments :
Post a Comment