08 January 2016

प्रतिब्याक्ति सयरुपयामा बनेको पुलको गाडी गुड्न थाल्यो

bajhang news
८ जनावरी २०१५, बझाङ-  जनताले चाहे के सम्भव रहेन छ र भन्ने कुराको उदाहरण पछिल्लो समयमा बझाङबासी बनेका छन  सेती नदी पारी ६ गाविस (छान्ना) का बासिन्दाहरुले सेती नदीमा काठेपुल हालेर गाडी गुडाएका छन । छान्ना क्षेत्रका बासिन्दाहरुले प्रतिव्यक्ती १ लिटर डिजेल अथवा नगद १ सय रुपियाँ संकलन गरी १३ किलोमिटर सडक काटेर सेती नदीमा काठेपुल निर्माण गरी गाडी गुडाएका हुन । पटक पटकको हाम्रो मागलाई बेवास्ता गरे पछि आफैले सेतीमा काठको पुल बनाएर गाडी चलाएका हौ ।” यस क्षेत्रको सडक
निमार्णको लागी स्थानियको सहभागीता जुटाउने कामको अगुवाइ समेत गरेका छान्ना सडक निमार्ण मुल समितिका संयोजक अर्जुन थापाले पुल उद्घाटनका क्रममा भने “केही महिना भए पनि यहाँका बासिन्दाहरुले नागरीकता बनाउनका लागी एक दिन लगाएर हिड्नु पर्ने छैन ।”
छान्ना क्षेत्रका बासिन्दा र जिविसको लगानीमा वनेको पुलमा बुधवारबाट गाडी संचालन भएका पछि यस क्षेत्रका करिब ६ हजार घरधुरीका २० हजार भन्दा बढी मानिसहरु यातायात सेवाबाट लाभान्वित भएका छन । अस्थायी पुल सेतीले नवगाए चैत्र बैसाख सम्म यस क्षेत्रका बासिन्दाले यातायातको सुविधा पाउने आसा गरेको सडक निमार्ण समितिका उपाध्यक्ष टोपबहादुर खड्काले बताए । काठको पुल निमार्ण गरी गाडी चलाउनेकाम प्रत्येक वर्ष गर्न नसकिने बताउदै उनले भने “राज्यको ध्यान तान्नका लागी हामीले काठको पुल बनाएका हौ । जनताको यो जोस र एकता लाई राज्यले सम्मान गर्नु पर्छ । तत्काल सेती नदीमा पुल निर्माण हुनु पर्छ” ।
यस अघी यहाँका बासिन्दाहरुले सानो तिनो कामको लागी पनि एक दिन हिडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता थियो भने जिल्ला कै उर्वर क्षेत्र मानिने यहाँको उत्पादनले उचित बजार पाएको थिएन । लामातोलाका सरु गिरीले भनिन “हाम्रो उत्पादन वजार नपाएर कुहिएको थियो भने बाहिर बाट आउने सामान मान्छे र खच्चरबाट ढुवानी गर्दा महँगोमा किन्नु पर्थ्यो, गाडी पुगे पछी केही सुविस्ता होला की ?”
सेती नदीमा गाडी संचालन भए पछी छान्ना क्षेत्रका बासिन्दाहरु हर्षित भएका छन । सेती नदीमा बनाएको काठे पुल उद्दद्याटन गर्नका लागी सभासद लालवहादुर रावल, अफिलाल ओखेडा, पुर्व राज्य मन्त्री अर्जुन जंगबहादुर सिह, छान्ना पुगेका थिए । उद्दघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायत सम्पुर्ण कार्यलयका प्रमुखहरु र सयौ छान्नाबासीहरुको उपस्थिती थियो ।

No comments :

Post a Comment