13 December 2015

घर-घरबाट गिरफ्तार गरी ८७ को हत्या

अफ्रिकी मुलुक बुरुन्डीमा भएको हिंसात्मक घटनामा ८७ जना मारिएका छन् ।
सेनाका अनुसार राजधानीका विभिन्न तीनवटा सैनिक क्षेत्रमा आक्रमण गर्न खोज्दा भएको जवाफी कारवाहीमा उनीहरु मारिएका हुन् । तर स्थानीयबासिन्दाले भने सेनाको भनाईलाई अस्वीकार गरेका छन् ।
प्रहरीले सरकारविरोधी
आन्दोलनकारीलाई बदला लिने नियतले घरघरबाट गिरफ्तार गरी युवाहरुको हत्या गरेको आरोप स्थानीयबासिन्दाको छ । राजधानी बुजुम्बुराको एउटै सडकमा ३४ वटा शव फेला परेको छ । तर यो संख्या सेनाले बताएको ८७ मृतकको संख्यामा समावेश गरिएको छ वा छैन भन्नेबारे यकिन हुन सकेको छैन ।
बुरुण्डीमा राष्ट्रपति पिएरे एन्कुरुन्जीजाले तेस्रो कार्यकालको लागि निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेपछि गत अप्रिल महिनादेखि हिंसा चर्किएको छ । पछिल्लो हिंसाले बुरुण्डीमा फेरि हुतु र तुत्सी समुदायको जातीय यृद्ध ब्युँताउने आशंका जन्माएको छ ।
वर्तमान राष्ट्रपति एन्कुरुन्जीजा हुतु समुदायका नेता हुन् । बुरुण्डीमा ८५ प्रतिशत हुतु छन् भने १४ प्रतिशत तुत्सी छन् । सन् १९९३ मा भएको जातीय युद्धमा तत्कालिन राष्ट्रपति एन्दादायसहित तीन लाखभन्दा बढी मारिएका थिए । (एजेन्सी)
- See more at: http://www.imagekhabar.com/samachar/detail/55894/28/.meroml#sthash.GpDB1sSH.dpuf

No comments :

Post a Comment