13 December 2015

तालीवानद्वारा भिषण हमला, हालसम्म १२ को मृत्यु

काबुल – अफगानिस्ताको राजधानी काबुलमा रहेको एक गेष्ट हाउसमा भएको हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
150513160629-kabul-attack-0513-exlarge-169यसरी मारिनेमा दुई जना विदेशी नागरिक पनि परेका छन् । अधिकारीहरुले सो आक्रमणको पुष्टि गरेको समाचारमा उल्लेख गरिएको छ ।
काबुलमा रहेको स्पेनिस दूतावासको नजिकै सो हमला भएको थियो । उक्त क्षेत्रमा रहेको एक गेष्ट हाउसमा सो हमला भएको हो ।
तालिवानहरुले सो गेष्ट हाउसलाई कब्जामा लिएर आक्रमण सुरु गरेका थिए । अफगान अधिकारीहरुले सो गेष्ट हाउसलाई करिब ११ घन्टासम्म कब्जामा लिएका थिए ।
उक्त हमलामा प्रहरीले कारबाही थालेको थियो । अफगान सेना र प्रहरीले ती हतियारधारीबाट उक्त होटलमा थुनिएका पाहुनाहरुलाई छुटाउन पहल गरेका थिए ।

यस कारबाहीमा दोहोरो भिडन्त पनि भएको थियो । त्यस क्रम शनिबार बिहानसम्म नै जारी रहेको थियो ।
अफगान अधिकारीहरुले शनिबार बिहानसम्म जारी रहेको सो कारबाहीका क्रममा दुई जना स्पेनिस नागरिक, पाँच जना अफगान प्रहरी, एकजना अफगान सर्वसाधारण र अरु चारजना आक्रमणकारी परेका बताइएको छ ।
शुक्रबार साँझ ६ बजे उक्त होटलको मूलद्वारमा आतङ्ककारीहरुले बम विस्फोट गराएका थिए । उनीहरुले त्यसपछि सो होटल कब्जामा लिएका थिए ।
त्यसपछिको सो कारबाहीका क्रममा आक्रमणकारी पनि मारिएका बताइएको छ । साथै अफगान सुरक्षाका चार प्रहरी पनि मारिएका बताइएको छ ।
पछिल्लो समयमा अफगानिस्तानका तालिवानहरुले अफगानिस्तानमा विदेशी नागरिक र होटलमाथि यस्तो आक्रमणलाई तीव्र बनाएका छन् ।

No comments :

Post a Comment