13 December 2015

सर्लाहीमा परालमुनी २ लाश


Image result for dead body found under hay grassसर्लाहीको गौरीशंकरमा परालले छोपिएको अवस्थामा दुई वटा शव फेला परेको छ । अज्ञात समुहको गोली प्रहारबाट सागरनाथ वन परियोजना जंगल छेउको श्रीनगरमा बेलुका ७ बजेतिर गोली लागेका दुई जनाको शव परालले छोपिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक रमेशकुमार खड्काले हत्या गरि फालिएको अवस्थामा उक्त शव फेला परेको बताएका छन् । परालले छोपिएको शव फेला परेको सुचना पाउनसाथ आइतबार बिहानै जिल्ला प्रहरी कार्यलय र इलाका प्रहरी कार्यलय केशरगंजको टोली उक्त घटनाको अनुसन्धानका लागि गौरीशंकर पुगेको खड्काले जनाए । 

प्रहरीले मृतकको शरिरमा गोली लागेको र घटना स्थलबाट गोलीका खोकाहरु समेत बरामद भएको जनाउँदै मृतकको शव हेर्दा शरिरमा धारिलो हतियारले समेत प्रहार गरेको बताएको छ । अज्ञात समुहले दुवैको हत्या गरि परालमा लुकाएको स्थानीयवासीले जनाएका छन् । मृतक दुवै जनाको पहिचान भने हुन सकेको छैन् । 

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यलय केशरगंजका प्रहरी निरीक्षक दिवाकर घिमिरेले परालले छोपिएको शव पल्टाई उक्त घटनाबारे अनुसन्धान गरिरहेको बताए । घटनाको कारण भने खुल्न सकेको छैन् । 

No comments :

Post a Comment