05 December 2015

दुतावासले बार्तामा बस्न भनेपछी, कठपुतली मोर्चा बार्तामा बस्दै

काठमाडौं, १९, मंसिर । शुक्रबार साँझ सरकारसँग वार्ताका लागी भनेर निस्किएको मधेसी मार्चाको टोली वालुवाटार नगई भारतीय दुतावास पसेपछि शीर्ष ३ दलका नेताहरु हेरेको हेर्यै हुन पुगे ।
यसैबिच संयुक्त मधेसी मोर्चा र प्रमुख ३ दल बिच वार्ता हुने भएको छ । मोर्चाका नेताहरु आज दिल्ली जाने तयारी गर्दै उताबाट फर्केपछि मात्र निर्णायक वार्ता हुने अडानका बिच प्रधानमन्त्री केपी ओलीले आज वार्ताको तयारी गरेको स्रोतको भनाई छ । वार्ताको समय र ठाउँ भने निश्चित भइनसकेको छैन ।
आज दिउँसोसम्ममा वार्ता हुने र मोर्चा र ३ दलले तयार गरेको साझा धारणाका विषयमा छलफल हुने सम्भावना छ । मोर्चालाई आजै भारतीय दुतावासले भ्रमणको निम्तो पत्र दिने स्रोतको भनाइर्ए छ ।

No comments :

Post a Comment