13 December 2015

राजेस हमाल बच्चै रहेको खुलासा

१३ डिसेम्बर २०१५, काठमाण्डौ- मित्र भेट्न खैरेनीटार आएका महानायक राजेश हमालले शनिबार सन्तान पाउने हतारो नभएको बताएका छन् ।
शुक्लागण्डकी ८ जाम्दी स्थित तिनखोले देवीको दर्शन गर्न यहाँ आएका महानायक हमालले आफू झनै बच्चा भएकोले छोराछोरीको हतारो नभएको बताए ।

‘बच्चाको पनि बच्चा हुन्छ र भन्या, अझै बच्चै छुनि म त,’ उनले भने, ‘भर्खर भर्खर बिहे भाछ । त्यो त जिवनको क्रममा भइहाल्छ ।’
भर्खरै विवाह भएकोले सन्तान जन्माउने समय नभएको उनले बताए । सन्तान जन्माउने योजना बनाउनु भएको छैन ? भन्ने प्रश्नमा उनले आफू बच्चै भएको प्रतिकृया दिएका हुन् ।
शुक्ला ८ जाम्दीस्थित ४९ वर्षीय बसन्त घिमिरेलाई भेट्न यहाँ आएका महानायक राजेश हमालले स्थानीय तिनखोले देवी मन्दीरको समेत दर्शन गरे । स्थानीय मगर समुदायले प्रस्तुत गरेको कौरा नृत्यमा समेत उनी  छमछमी नाचे । महानायक हमालको अलावा गायकहरु हिमाल सागर गौतम र तिलकबम मल्लसमेत जाम्दी आएका थिए ।
तिनखोले देवी पूजा व्यवस्थापन तथा विकास समितिले हमालको स्वागतमा कार्यक्रम राखेको थियो ।
‘मलाई नेपालका कुनाकाप्चा जस्तो सुन्दर ठाँउ अन्त लाग्दैन,’ उनले भने ।
उनले कोदोको ढिंडो, रोयोको साग, कुखुराको मासु, केराउ र मुलाको अचार मिठो मानेर खाए  ।
महानायक हमालले आफूले दक्षिण भारतीय चलचित्र युनिटसँग काम गरेको ‘बागमती’ चलचित्र हेरेर प्रतिकृया दिन समेत आग्रह गरे ।
दुई महिना अघि फिनल्याण्डबाट घर आएका घिमिरेलाई भेट्न भन्दै हमाल, गायकहरु हिमालसागर गौतम र तिलकबम मल्ल शुक्रबार नै खैरेनीटार आएका थिए ।
उनीहरुलाई खैरेनीटार स्थित व्यावसायी शंकरजंग गुरुङको घरमा बस्ने व्यवस्था मिलाइएको थियो । उनीहरु आईतबार मात्र काठमाडौं फर्कने छन् ।
तिनखोले देवी मन्दिर खैरेनीटार बजारबाट करिव ८ किलोमिटर उत्तरपुर्व खोचमा पर्छ ।

No comments :

Post a Comment