28 November 2015

आगजनी भएको होईन: भारतीय दुतावास

Indian-Carभारतीय दूतावासको गाडीमा १२ मंसीर अपराह्न लाजिम्पाटमा आगलागी भएको छ । गाडीमा प्राविधिक गडबडीका कारण आगो लागेको दूतावासले जनाएको छ । केही सञ्चारमाध्यममा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ताले आगो लगाएको भन्ने समाचार आइरहेका बेला दूतावासले आगो कसैले लगाएको नभई गाडीमा प्राविधिक गडबडीका कारण लागेको र सामान्य क्षति भएको जनाएको छ । “आगो अरु कसैले लगाएको होइन, हाम्रा कर्मचारीले चढ्ने गरेको कारमा टेक्निकल फल्टका कारण आगो लागेको हो,” दूतावासका प्रवक्ता अभयकुमारले हिमालखबरसँग भने  । दूतावासको २२ सीडी १७ नम्बरको कार भित्र आगो लागेको हो । आगलागी भएलत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। आगजनीबाट गाडीका शिशा फुटेका छन् भने भित्री भाग जलेको छ । प्रहरीले पनि विद्युतीय तार शर्ट भई आगो लागेको बताएको छ । चन्द माओवादीका केन्द्रीय सदस्य सन्तोष बुढामगरले कसैको गाडीमा आगजनी गर्ने आफ्नो पार्टीको कार्यक्रम नरहेको र दूतावासको गाडीमा आगो लागेको बारेमा आफूलाई जानकारी पनि नभएको बताए । 

No comments :

Post a Comment