14 November 2015

म्याग्दीमा वस दुर्घटनामा ३ को, मृत्य ६० घाईते

१४ नोभेम्बर २०१५, काठमाण्डौ- म्याग्दीको थामडाँडामा यात्रुबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य ६० यात्रु घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर छ । बरङ्जाबाट बेनीतर्फ आउँदै गरेको ग १ ख ५३६६ नम्बरको बस थामडाँडाँको रत्नेखोलामा आज विहान दुर्घटना भएको थियो । दुर्घटनामा दुई बालक र १९ वर्षीया एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विमल उपाध्यायले जानकारी दिनु भयो । । मृतकको सनाखत भएको छैन । शवलाई जिल्ला अस्पतालमा राखिएको छ ।  गम्भीर अवस्थाका केही घाइतेहरुलाई पोखराका अस्पतालमा रिफर गरिएको छ । यात्रुले खचाखच बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार बसको छतमा पनि यात्रुहरु बसेका थिए । प्रहरी र स्थानीयले घटनास्थलमा उद्धारकार्य जारी राखेका छन् । घटनास्थल सदरमुकाम बेनीबजारबाट करिव एक घन्टा टाढा पर्दछ ।

No comments :

Post a Comment