14 November 2015

पेरिसमा नेपाली सुरक्षित रहेको जानकारी

१४ नोभेम्वर २०१५, एडेलेड- एक सय ५० जना भन्दा बढीको मृत्यु र दुई सयभन्दा बढी घाइते हुने गरी पेरिसको एउटा कन्सर्ट हलमा भएको आतंककारी आक्रमणमा नेपाली परेको समाचार अहिलेसम्म प्राप्त नभएको फ्रान्सस्थित नेपाली दुताबासले जनाएको छ ।
दुताबासले पेरिसमा नेपालीहरुको उपस्थिति कम भएकोले पनि उक्त घटनामा नेपाली फस्न सक्ने सम्भावनान्यून रहेको बताएको छ ।
परराष्ट्र मन्त्रालयले पनि उक्त आतंककारी घटनापछि पेरिसमा नेपाली नागरिकको स्थितिका बारेमा दूताबाससँग समन्वय गरी थप जानकारी लिइरहेको जनाएको छ ।

No comments :

Post a Comment