14 November 2015

रुपैडिहा नाकाबाट भित्रियो २५ ट्यांकर इन्धन

Nepalganj-Naka१४ नोभेम्बर २०१५, नेपालगञ्ज । रुपैडिहा नाकाबाट झण्डै ९ दिनपछि इन्धन नेपाल भित्रन सुरु गरेको छ । शुक्रबार साँझदेखि पेट्रोलियम पदार्थ आउन थालेको हो ।
ईलाका प्रहरी कार्यालय जमुनाहले दिएको जानकारी अनुसार शुक्रबार अबेर हवाई इन्धन ४ र डिजल ६ ट्यांकरसहित ३३ मालबाहक गाडि नेपाल भित्रिएका छन् । शनिबार डिजल ७, हवाई इन्धन ५, पेट्रोल १ र खाना पकाउने एलपी ग्यासका दुई बुलेट गरी १५ ट्यांकर इन्धन नेपाल आएका छन् ।
भारतीय भन्सारले कात्तिक १७ गते साँझदेखि माथिको आदेश भन्दै इन्धनका गाडीहरु रोकेको थियो ।
भारतले निकै कडाइ गरेका कारण १७ गतेदेखि २७ गतेसम्ममा रुपैडिहा नाकाबाट ४ ट्यांकर डिजल, एक ट्यांकर हवाई इन्धन र १ बुलेट ग्यास मात्र नेपाल आएको थियो । अनलाईन खबरले लेखेको छ ।

No comments :

Post a Comment