21 November 2015

सीमा अवरोध अबिलम्ब हटाउन संयुक्त राष्ट्रसंघको पुन: आग्रह

बान कि मुनले भने- सीमा अवरोध अवलिम्ब हटाउनुस्
काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपाल-भारत सीमामा भइरहेको अवरोध हटाउन आग्रह गरेका छन्। अवरोधका कारण अत्यावश्यक सामानको आपूर्ति हुन नसकेको भन्दै मुनले अविलम्ब अवरोध खुलाउन आग्रह गरेका हुन्।

'औषधिजस्तो अत्यावश्यक वस्तुको आयातमा भएको अवरोधले मानवीय सहायता तथा उपचारमा समस्या आएकोप्रति महासचिव बान चिन्तित हुनुहुन्छ,' मुनका प्रवक्ताद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'स्वतन्त्र पारवहन नेपालको अधिकार हो।'

मुनले लोकतान्त्रिक, समावेशी, शान्तिपूर्ण एवं सम्वृद्ध भविश्व निर्माणको प्रयासमा राष्ट्र संघले नेपाललाई समर्थन गर्ने बताउँदै वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन्।

No comments :

Post a Comment