23 November 2015

चीनले आफ्नै बुलेटमा ग्यास ल्याईदिने

२३ नोभेम्बर २०१५, काठमाण्डौ- चीनले केरुङबाट धादिङको खानीखोलासम्म ग्यास ल्याइदिने भएको छ । आफ्नै ग्यास बोक्ने बुलेटमा खानीखोलासम्म ग्यास ल्याइदिन चीन तयार भएको नेपाल आयल निगमले जनाएको छ । नेपाल सरकारले पनि ग्यास खानीखोलासम्म ल्याइदिन चीनसँग प्रस्तावमा गरेको थियो ।
केरुङभन्दा ५ किलोमिटर टाढा ग्यास डिपो रहेको र त्यहाँबाट चीनकै गाडीमा खानीखोलासम्म ग्यास ल्याउन लागिएको नेपाल आयल निगमका एक कर्मचारीले जानकारी दिए । चीनसँग इन्धन सम्झौता रोकिएकोले ग्यास ल्याउने काम पनि अड्किएको छ, ती अधिकारीले भने इन्धन सम्झौता भएको एक साताभित्र केरुङबाट खानीखोलामा रहेकाे अाेम ग्यासकाे डिपाेसम्म ग्यास आइपुग्छ ।
ग्यास ल्याउने विषयमा दुवै देशका अधिकारीले सडक र खानीखोलास्थित अाेम ग्यास डिपोको अवलोकन गरिसकेका छन् । सेतोपाटीमा खबर छ ।

No comments :

Post a Comment