29 November 2015

सेना खटाएर भएपनि अब राजमार्ग सुचारु गराईने

Image result for nepal army२९ नोभेम्बर २०१५, इटहरी- गृहमन्त्री शक्ति बस्नेतले बन्दको तराईका राजमार्गमा दिउँसो पनि सवारी गुड्ने बताएका छन् । मधेसी मोर्चाको बन्दको कारण तराईमा एकसय भन्दा बढी दिनदेखि दिउँसो सार्वजनिक सवारी चलेका छैनन् ।
मोर्चाको बन्दका कारण तराईका राजमार्गमा रातको समयमा प्रहरी स्कर्टिङमा सवारी चलाउने गरिन्छ ।

सुनसरीको पकलीस्थित सशस्त्र प्रहरीको पूर्वी मुख्यालयमा भएको सुरक्षा बैठकमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्रीले बस्नेतले बैठक राजमार्ग खुलाउने बिषयमा केन्द्रित भएको जानकारी गराए ।
उनले मधेसमा भइरहेको गतिविधिको सुक्ष्म अध्ययन भइरहेको र राजनीतिक बाहेकका गतिविधिलाई निरुत्साहित गर्दै जाने बताए । अध्यायनपछी सेना परिचालन गरेरै भएपनि तराईका राजमार्गहरु दिउसै सुचारु गरिने उनले बताए ।
भारतीय सीमा सुरक्षा बल पटक पटक नेपाल प्रवेश गर्ने बिषयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिंदै गृहमन्त्री शस्नेतले सार्वभौमता र नेपालीको सम्मानको बिषयमा सरकार अडिग रहेको धारणा राखे ।




No comments :

Post a Comment