29 November 2015

नाकाबन्दी खोल्न भारतले माग्यो कोसी, कर्णाली र फास्ट ट्रयाक

2015320116_1448786522.jpg२९ नोभेम्बर २०१५, काठमाण्डौ- तराई–मधेसमा जारी आन्दोलनको बहाना बनाएर भारतले नेपालमाथि नाकाबन्दी लादेको महिनौं भईसकेको छ । नाकाबन्दीका कारण देश नै अस्तव्यस्त भइसकेको छ भने जनता मर्नु न बाँच्नुको अवस्थामा पुगिसकेका छन् । पेट्रोल, डिजेल लगायत खानापकाउने ग्यासको अभावमा जनताको चुलो बल्न सकेको छैन् भने अत्यावश्यकीय वस्तुको अभावमा सर्वसाधारणको जनजीवन निकै कष्ठकर बन्दै गएको छ ।
यस्तैमा नाकाबन्दी खोल्न नेपालले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आएको बताइएको छ । नाकाबन्दी खुलाउन अनेकथरी सर्त तेर्साउँदै आएको भारतले
पछिल्लो समय नेपालको कोशी र कर्णाली माग गरेको प्रधानमन्त्री ओलीका सहयोगी मध्येका एक एमाले नेताले जनाए । उनका अनुसार भारतले पुर्ण स्वामित्व सहित सदाका लागी कोशी र कर्णाली नदी मागेको छ । यतिमात्र होईन भारतले नेपालसामु फास्ट्रयाक निमार्णको यस अघिको प्रक्रियालाई अघि बढाई भारतिय कम्पनी आईएल एण्ड एफएसलाई दिनुपर्ने माग गरेको उनले बताएका हुन । उनका अनुसार पुर्व मन्त्री बिमलेन्द्र निधीले सारेको प्रस्ताव बमोजिम नै फाष्ट–ट्रयाक अघि बढाउनु पर्ने उनीहरुको माग छ ।
उनका अनुसार भारतिय जनता पाटीका नेता बिजय जोली आउँदा समेत यस बिषयलाई उनीहरुले घुमाउरो पारामा अघि बढाएका थिए । प्रधानमन्त्री ओलीसँग राम्रो सम्बन्ध रहेका जोलीले प्रधानमन्त्रीसँग पनि यो बिषयमा कुरा गरेको स्रोत जनाउँछ यद्यपी यो बिषयमा उनले हाम्रा सहकर्मीलाई प्रष्ट बताउन चाहेनन् । स्मरण रहोस् कर्णालीमा मात्र १४ हजार १ सय ५० दशमलव ८० मेगावट जलबिद्युत्त क्षमता रहेको छ र जुन पुर्ण क्षमतामा उत्पादन भएमा भारतको पुरै उर्जाको माग पुरा हुनेछ । भारत कर्णाली नदिलाई पुर्ण स्वामित्वमा दिर्घकालिन रुपमा आफ्नो बनाउन चाहन्छ ।
भारतमा तीव्र आर्थिक वृद्धिको लक्ष्य राखेका मोदीले उर्जा विना विकासको संभावना नहुने प्रस्ट बुझेको हुनाले आफ्नो देशमा आर्थिक वृद्धिको अभिष्ट पूरा गर्न नेपालमाथि अघोषित नाकाबन्दी लगाएर जर्बजस्त नेपालको नदीनाला कब्जा गर्न खोजेको जानकारहरुले यस अघि देखी नै बताउँदै आएको कुरा हो ।
भारतमा दिनानुदिनु उर्जाको माग बढ्दै जानु र आफ्नो देशमा उपलब्ध स्रोतले उर्जाको मागलाई धान्न नसक्नुले मोदीको आँखा नेपालको नदीनालामा देखिएको प्रस्ट देख्न सकिन्छ । मोदीले केही समय अघि नेपालको संसदमा भाषण गर्दा समेत नेपालको नदीनालाबाट बिद्युत्त उत्पादन गरी भारतको बढ्दो उर्जा मागको सम्बोधन गर्न सकिने जनाएका थिए । कोइला र पेट्रोलियम पदार्थमा निर्भर रहेको भारतको उर्जा उत्पादनले आगामी मागलाई धान्न नसक्ने र भारतीय कतिपय भूभागमा नेपालको पानीबाट नै सिंचाई गर्नुपर्ने भएकोले तराईमा जारी आन्दोलनको बहाना बनाएर मोदीले आफ्नो भित्रि चाहना पुरा गर्न खाजेको कतिपय बिश्लेषकहरु बताउँछन ।
के अब प्रधानमन्त्री ओलीले गोप्य रुपमा कर्णाली, कोशी र फाष्ट–ट्रयाक भारतकै माग बमोजिम सुम्पन्छन त भन्ने प्रश्नमा उनले भने ‘बरु हामी सरकार छाड्छौं तर यी भारतिय चाहना हामी पुरा हुन दिँदैनौं’ । उनले थपे ‘यदी यी माग केपी ओलीले पुरा गरेको भए पहिले नै नाकाबन्दी खुलिसक्थ्यो’ । उनका अनुसार सरकारले भारतको बिकल्पमा चिनसँग अहिले सम्मकै ठुलो र दिर्घकालिन सम्झौताको तयारी भईरहेको र केही दिन पछि आकस्मिक रुपमा घोषणा हुनेछ ।
उनले चिनसँग पाईप लाईन बिस्तार, काठमाण्डौ हुँदै लुम्बिनीसँग सिधा रेल्वे, पेट्रोलियम, चिनिया नाकासम्म पुग्ने शडक बिस्तार लगाएतका सम्झौताको तयारी अन्तिम चरणमा पुगेको बताए ।

No comments :

Post a Comment