29 November 2015

चार दिदीभाईको हत्या गरी एकै खाल्डोमा पुरियो

Image result for four children found in mud२९ नोभेम्बर २०१५,  मंसिर ९ गते देखि चारजना बालबालिका हराएको भन्दै बुवाले सुकाढिक प्रहरी चौकीमा जाहेरी दिएका थिए । तर आइतबार विहान ह्याँग्लु गाविस–६ रिगा गाउँमा जमिनमा खाल्डो खनेर पुरिएको अवस्थामा चारजना बालबालिका भेटिएका हुन । 
 
नन्दबहादुर रोकायाकी ९ वर्षीया छोरी सुन्तली रोकाया, छ वर्षका छोरा युवराज रोकाया, ४ वर्षकी छोरी विपना रोकाया र २ वर्षका छोरा दीप रोकायाको शव गाँउ भन्दा एक सय मिटर टाढा बारीको आलीमा एकै खाल्डोमा गाडिएको अवस्थामा भेटिएको हो । 
बालबालिकाको शव भेटिएको क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिएर अनसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख लोकबहादुर जिसीले जानकारी दिए ।

सदरमुकाम भन्दा दुई दिन टाढा सञ्चार सम्पर्क पनि हुन नसक्ने स्थान भएकाले विस्तृत जानकारी आउन ढिलाइ भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी सुकाढिकबाट गएको प्रहरीले घटनास्थल आफ्नो नियन्त्रण राखेपछि जिल्लाबाट पनि प्रहरी सहायक निरीक्षकसहित पाँचजनाको टोली घटनास्थल तर्फ गइसकेको प्रहरीले जनाएको छ ।

मृतक बालबालिकाका बुवा नन्द रोकाया, आमा र हजुरआमालाई सोधपुछका लागि प्रहरीले  प्रहरी चौकी रातापानीमा राखेर सोधपुछ गरिरहेको छ । 

जिल्लाबाट खटिएको प्रहरी पुगेपछि  मृतकका बाबुआमा र हजुरआमालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याउने तयारी गरिएको छ । शव पोष्टमार्टमका लागि  जिल्ला अस्पताल ल्याउन लागिएको प्रहरीले जनाएको छ । 

No comments :

Post a Comment