25 November 2015

नेपालका १५ जिल्ला भारतलाई दिनुपर्ने , नदिए जबरजस्ति खोसिने


२५ नोभेम्बर २०१५, काठमाण्डौ-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीका एक सांसदले नेपालको मधेस क्षेत्रमा रहेका १५ जिल्ला भारतको भएको दावी गर्दै त्यसलाई नेपालबाट खोस्नु पर्ने बताएका छन् ।
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले अँग्रेजहरुले नेपाललाई भारतीय भूमी दिएको भन्दै उक्त भूमी भारतले लिनुपर्ने बताएका हुन् । भारतीय पत्रिका दैनिक जागरणले उनको भनाईलाई आधार मान्दै समाचार लेखेको छ । 

‘नेपालले आफ्ना १५ वटा जिल्ला भारतलाई फिर्ता दिनुपर्छ । अंग्रेजले हिन्दुस्तानका हिस्सा रहेका ती जिल्ला नेपाललाई दिएको थियो ।’ आजादले नेपालमा रहेका १५ वटा जिल्ला भारतमा गाभ्नका लागि आफूहरुले लडार्इं गर्ने र नेपालले दिन तयार नभए खोसेर भएपनि लिनुपर्ने बताएका छन् ।


यस्तो छ लौ हेर्नुस , भारतीय पत्रिका दैनिक जागरणमा प्रकाशित समाचारः

बास्तबिकता के हो भने सुगौली सन्धिका कारण नेपालले एक तिहाई भुभाग गुमाएको भने अवश्य हो । सन १९४७ मा भारतलाई स्वतन्त्र गरिदिएपछी ब्रिटिसहरुले नेपालको गुमेको भु-भाग फिर्ता लैजान नेपालका तत्कालिन राणाहरुलाई पत्राचार गरेको थियो तर नेपालमा प्रजातन्त्रका लागी आवाज उठिरेको बेलामा उक्त भुभाग फिर्ता लिईएमा नेपालमा आन्दोलन झन उग्ररुपमा बढ्न गई उनिहरुको शासन नटिक्ने भयका कारण उनिहरु चुपचाप बसेका थिए । उक्त पत्रको एक प्रति आजसम्मपनि बेलायतसँग रहेको बताईन्छ ।




No comments :

Post a Comment