25 November 2015

भारतीय SSB ले चार निर्दोश नेपालीलाई गोली हान्यो, सरकार किन मौन?

एसएसबीले चलाएको गोली दाहिने कोखामा लागेर गम्भीर घाइते अशोक यादव।
२५ नोभेम्बर २०१५, धरान–सुनसरीको हरिपुर– ७, भण्टावारीमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवानले गोली चलाउँदा घाइते भएकाले आफुहरु निर्दोष भएको बताएका छन्। बिहान करिब ६ बजे घरअघि आगो तापेर बसिरहँदा एक्कासी एसएसबीका जवान आएर गोली बर्साएको घाइतेहरुको भनाइ छ।
दाहिने खुट्टामा गोलीको छर्रा लागेर सामान्य घाइते ३० वर्षीय सरोज यादवका अनुसार ४ जना छिमेकीहरु उनको घरअघि बिहानै आगो तापेर बसिरहेका थिए । त्यसैबेला ६ जना
एसएसबीका जवानहरु कसैलाई खेदाउदै त्यहाँ आइपुगेका थिए । एसएसबीले 'मल वाला खै' भनेर सोध्दा उनीहरुले थाह नभएको जवाफ दिएका थिए ।

एसएसबी घरभित्र पसेर खानतलासी गर्न थालेपछि तनाव भयो । 'मल ल्याएर आउने को थियो, हामीले देखेनांै । थाह छैन भन्दा एसएसबीले कुट्न खोजे । हामी पनि झोक्कीयौं, एकैचोटी ४ जनाले फयर गरे',सरोजले भने । घाइतेहरुका अनुसार घटनास्थल सीमा क्षेत्र भण्टाबारी भन्दा करिब ५ सय मिटर पूर्वतर्फ नेपाली भूमीमा भएको हो।

एसएसबीले फायरिङ खोलेपछि सरोजको दाहिने खुट्टामा सामान्य चोट लाग्यो । तर, उनका भाई १८ वर्षीय नरेशको दाहिने कम्मरमा गोली लाग्यो भने अर्का छिमेकी २८ वर्षीय अशोक यादवको दाहिने कोखामा गोलीले छेड्यो । उनको अवस्था चिन्ताजनक छ । अर्का, छिमेकी मनोज यादवका खुट्टामा सामान्य गोली लाग्यो ।

घाइते मनोज बाहेक तीन जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । कोखामा गोली लागेका अशोकको रक्तस्राव रोकिएको छैन र उनको आकस्मिक शल्यक्रिया गरेर रक्तस्राव रोकेर जीवन बचाउने प्रयास भइरहेको एक चिकित्सकले जानकारी दिए । अशोक कामेश्वर यादवका एक्ला छोरा हुन्।
नेपालमा आन्दोलनमा सामेल एक भारतीयको सुरक्षाकर्मीको गोली लागी मृत्यु हुनासाथ नेपालका प्रधानमन्त्रीलाई भारतीय समकक्षीको फोन आएको थियो तर नेपाल सरकारले यसबारेमा हालसम्म कुनै प्रतिकृया दोएको छैन ।

No comments :

Post a Comment