25 November 2015

बेलायती परराष्ट्रमन्त्रीले नेपालका परराष्ट्रमन्त्रीलाई फोन गरी नाकाबन्दीका बारेमा के भने?

Kamal Thapa२५ नोभेम्बर २०१५, काठमाडौं- बेलायतका विदेशमन्त्री ह्यूगो स्वायरले नेपाली समकक्षी कमल थापालाई फोन गरी नेपाल-भारत सीमामा भएको अवरोधबारे चासो व्यक्त गरेका छन् ।
काठमाडौंस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्ति अनुसार उनीहरुबीच ‘सकारात्मक तथा उपलब्धीमूलक’ छलफल भएको छ ।
छलफलका क्रममा स्वायरले सीमा क्षेत्रमा भएको अबरोधका कारणले नेपालमा मानवीय सहायताको वितरणमा परेको प्रभावका विषयमा चिन्ता
व्यक्त गरेका थिए । भुकम्पपछिको पुनर्निर्माणमा आश्वयक नेतृत्वदायी भूमिकामा प्रस्तुत हुन उनले नेपाल सरकारलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘जाडो सुरु भएको अवस्थामा यदि तत्कालै समस्या समाधान नभए दोस्रो मानवीय संकट उत्पन्न हुन सक्छ,’ स्वायरको भनाई उद्वृत गर्दै विज्ञप्तिमा भनिएको छ ।
नेपाली जनताका प्रति निरन्तर सहयोग र मित्रता जारी राख्ने विषयमा स्वायरले परराष्ट्रमन्त्री थापालाई आश्वस्त बनाएका थिए ।
नेपालको राजनीतिक समस्या नेपाल आफैंले समाधान गर्नुपर्नेमा बेलायत प्रष्ट रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको आवश्यकता परिपूर्ति हुने गरी सहमति पहिल्याउनका लागि शान्तिपूर्ण वार्ता र समझदारी निरन्तर कायम रहनेमा बेलायत आशावादी छ ।’

No comments :

Post a Comment