छिमेकी मुलुक भारतको खबर हो यो । अघिल्लो महिना भएको एक हत्याको मुद्दालाई अन्नतः प्रहरीले सुल्झाएको छ । फाइल गत अक्टोबर ३१ मा एक बेबारिसे शब भेटिएपछि अघि बढेको थियो । हत्यारा अन्ततः शुक्रबार पक्राउ परेको छ । घटना भारतको हरियाणास्थित यमुनानगरको हो ।
प्रहरीका अनुसार उसले आफ्नी पत्नीलाई पैसाका लागि साथीकोमा बन्दकी राखेको रहेछ । उसलाई त्यतिबेला पैसाको अतिनै आवश्यकता थियो । जब आफूसँग पैसा भयो ऊ ऋण चुक्ता गरेर श्रीमती फिर्ता लिन गयो ।

तर बन्दकीमा लिने व्यक्तिले उनलाई छोड्न मानेन । त्यसपछि उसको रिसको पारो तात्यो । अनि उसको हत्या गरेर श्रीमती लिएर हिँड्यो । त्यसक्रमा उसलाई सघाउने अन्य दुई जना पनि पक्राउ परेको र १ जना भने फरार रहेको प्रहरीले जनाएको छ ।
पत्नीलाई पनि गिरफ्तार गरेको छ । उनले प्रहरीसँगको बयानमा आफूसँग बन्दकी बसेका बेला गोलमले विवाह नै गरेको स्वीकारेकी छिन् ।
No comments :
Post a Comment