20 November 2015

धमलालाई पुजनाको हमला (भिडियो सहित)

२० नोभेम्बर २०१५, काठमाण्डौ- रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला हाल हिमालायन टेलिभिजनामा 'धमलाको हमला' नामको कार्यक्रम चलाएर कु-परिचीत बन्दै जान थालेका छन । उनको पत्रकारीताको मर्यदाभन्दा बाहिर गएर गरिने प्रश्नहरुले कार्यक्रमपछि खासगरि कलाकारहरु कार्यक्रममा गएकोमा पछिल्लो समयमा पश्चाताप गर्न थालेका छन । नायीका ऋचा शर्माले 'उनको पुर्वप्रेमी सँगको यौन सम्बन्ध र रात बिताएका' लगायतका प्रश्नहरु धमलाले कार्यक्रममा सोधेकाले फेसबुकमार्फत आफुलाई धमलाको कार्यक्रममा जानु 'कलाकार हुनुको बाध्यता' को रुपमा चित्रित गर्दै कार्यक्रममा गएको केही दिनपछी स्टाटसमा राखेकी थिईन ।


क्रिकेट कप्तान पारस खड्काको अन्तर्बार्ता देखी नेपाली दर्शकले धमलालाई पटक्कै नरुचाएको बुझिएको छ, तैपनि धमलाले अाफ्नो कार्यक्रम निक्कै चर्चित रहेको बताउने गरेका छन । नायीका पुजना प्रधानसँगको अन्तरवार्तामा अघिका कलाकारले गरेको प्रतिकृयाबारे आक्रोसित हुदै बाध्यताबस कसैलाई कार्यक्रममा नल्याईएको जिकिर गरे । साथै अाफ्नो कार्यक्रम हिट छ भन्दा घुमाउरो पाराले पुजनाले 'धमला हिट भएकाले, कार्यक्रम हिट भएको' भन्नेसम्मको प्रतिक्रिया दिदा उनले पुजनाको ब्याग्य खासै बुझेझै गरेनन् । पुजनाले धमलालाई खुलेरै केही सिकाउन खोजेकी छन, धमलाले कति बुझे त्यो उनलाई नै थाहा होला । कार्यक्रमको भिडियोको केही अंश यहा हेर्न सकिने छ । 

No comments :

Post a Comment