21 November 2015

भारतीय नाकाबन्दीको बिरोधमा अष्ट्रेलियाभर प्रदर्शन (भिडियो सहित)

२१ नोभेम्बर २०१५, एडेलेड- भरतले करिब २ महिनादेखी नेपालमाथि लगाएको नाकाबन्दीको बिरोधमा अष्ट्रेलियाभर प्रदर्शन भएको छ । अन्तराष्ट्रिय समुदाय तथा अन्तराष्ट्रिय समुदायको ध्यान नेपालमा नाकाबन्दीका कारण हालसम्म उत्पन्न तथा भविष्यमा हुनसक्ने मानवीय सँकटको भयावह अवस्थालाई आँकलन गर्दै प्रवासि नेपालीहरुको संगठन, 'गैर आवाशिय नेपाली संध' ले देशव्यापि रुपमा बिरोधका कार्यक्रमहरु सार्बजनिक गरेबमोजीम हिजो साँझ ५ बजे अष्ट्रेलियाको सवै राज्यहरुमा शान्तिपुर्ण बिरोधका कार्यक्रकहरु भएका थिए । 


सिड्नीको मार्टिन प्यालेसमा भएको बिरोध प्रदर्शनमा करिब ५०० जनाको सहभागिता रहेको बताईएको छ । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले बोलेका थिए । उग्र गर्मीको परवाह नगरी नेपाल र नेपालीमाथी भएको अन्याय विश्वसामु लैजान उपस्थित भएका नेपालीहरुले पहिलो चरणमा शान्तिपूर्ण प्रदर्शन गर्ने र यसपछि हस्ताक्षर संकलन गरी देशैभरिको हस्ताक्षरलाई क्यानबेरास्थित भारतीय दूतावासमा बुझाउने योजना छ । यसका लागि सिड्नीमा हस्ताक्षर संकलन समेत सुरु गरिएको छ । यसअघि विभिन्न संघ संस्थाले संकलन गरेको हस्ताक्षरलाई पनि एकतृत गरी बुझाउने तयारी एनआरएनले गरेको छ । कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष सुरेन्द्र सिग्देलले नेपालमा लगाइएको अघोषित नाकाबन्दी अन्त्य नभएसम्म विभिन्न कार्यक्रम जारी राख्ने जानकारी दिनुभएको थियो । सिग्देलले अष्ट्रेलियाको विदेश मन्त्रालय, विभिन्न राजनीतिक दल र अन्तर्राष्ट्रिय संघहरुमा पनि बोधार्थ दिइने बताउनुभयो । यस्तै न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलले भूपरिवेष्ठित देश नेपालले पाउने पारवहन सुविधा समेतको हनन गरी अमानवीय कार्य गरेकोले आपफुहहरु भारतीय हस्तक्षेपलाई अन्तर्राष्ट्रियकरण गर्न बाध्य भएको बताउनुभयो । पोखरेलले मानवीय संकट भइसक्दा पनि विश्व समूदायको ध्यानकर्षण हुन नसक्नु गलत भएको बताउनुभयो ।

यसैगरि ब्रिसबेन, मेलबोर्न, एडेलेड, डार्बिनलगायतका शहरहरुमा पनि प्रदर्शन भएको खबर छ । 
सबैठाँउमा भएका प्रदर्शनमा एउटै नाराहरु गुञ्जिएका थिए र नेपालीहरु भनिरहेका थिए, 'भारतले नेपालमाथी नाकाबन्दी लगाएर गरेको अमानबीय कार्य तथा नेपालको हनह भएको अधिकार  तत्काल फिर्ता हुनुपर्छ ।'

यसैगरी साउथ अष्ट्रेलियाको एडेलेडमा भएको कार्यक्रममा संयोजक नबीन कडेलले बोल्दै गैर अावाशिय नेपाली संधले घोषणा गरेअनुरुपकै कार्यहरु साउथ अष्ट्रेलियामा समेत गरिने जानकारी गराए । यसैगरी सचीव नवीन पन्थले नेपाल सरकारलाई समेर आन्तरीक समस्या चाडो भन्दा चाडो समाधन गर्न दवावका कार्यक्रमहरुसमेत गरुने बताएका थिए । सवै संध-सस्थाहरको एेक्यवद्दता रहेको एडेलेडको कार्यक्रममा सानो समुदाय हुनका बावजुतपनि १०० बढीको उपस्थिती रहेको अोसनिया क्षेत्रका उप-संयोजक रमेश जोशीले बताए ।

No comments :

Post a Comment