21 November 2015

मालीमा इस्लामिक हमलामा २१ को मृत्युसँगै सबै बन्धक मुक्त

attack_in_maliअफ्रिकी राष्ट्र मालीको राजधानी बमामा अमेरिकी नागरिकले सञ्चालन गरेको र्‍याडिस ब्लु होटलमा शुक्रबार इस्लामिक लडाकूले आक्रमण गरी सैयौंलाई बन्धक बनाए । केही घण्टापछि १९ नागरिक र तीन लडाकूसहित २१ जनाको मृत्युसँगै सबै बन्धकहरु मुक्त भए ।
यो घटनापछि मालीमा १० दिनका लागि संकटकालको घोषणा गरिएको छ । मृतकहरुको सम्झनामा तीन दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

मालीका राष्ट्रपतिले घटनामा २१ जना मारिएको पुष्टि गरेका छन् । तर, अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले २७ जना मारिएको रिपोर्ट दिएका छन् । घटनामा परी धेरै घाइते बनेका छन् ।
Mali
पेरिसमा आइएसका लडाकूले १२९ जनाको हत्या गरेको एक सातापछि अफ्रिकामा अमेरिकीहरुले सञ्चालन गरेको होटलमाथि इस्लामिक लडाकूहरुबाट आक्रमण भएको हो । सो होटलमा हवाइ यात्रु, पाइलट तथा विभिन्न देशका पर्यटकहरु बसेका थिए ।
अलकायदा इन द इस्लामिक मगरिब र त्यसको सहयोगी संगठन अल मुराबिटुनले यो हमलाको जिम्मेवारी लिएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार शुक्रबार बिहानै होटलमा करिब १३ जना लडाकूहरु ‘अल्लाह अबकर’ भनेर चिच्याउँदै प्रवेश गरेका थिए । उनीहरु अंग्रेजी राम्रोसँग बोल्थे । उनीहरुका साथमा एके-४७ राइफल थिए ।
इस्लामिक बन्दुकधारीले शुक्रबार बिहानै सात बजे होटलमा आक्रमण गरेर १७० जनालाई बन्धक बनाएका थिए । बन्धक बन्नेमा २० जना भारतीय नागरिकहरुसमेत थिए, जसलाई सुरक्षितरुपमा बाहिर निकालिएको छ ।
घटनामा परी बेल्जियमको बालोनिया क्षेत्रका संसद सदस्य जियोफ्री डियडोने मारिएका छन् ।
Mali acct
चिनियाँ सञ्चारमाध्यमका अनुसार घटनामा तीनजना चिनियाँ नागरिकको पनि मृत्यु भएको छ ।
लडाकूको आक्रमणबाट मारिने तीन चिनियाँ नागरिकहरु चाइना रेल्वे इन्टरनेशनल गु्रपका अधिकारीहरु हुन् । सो कम्पनीका महाप्रबन्धक जोउ तियानजिङ, डेपुटी महाप्रवन्धक वाङ चुआनसाङ र कम्पनीका पश्चिम अफि्रका हेर्ने अर्का महाप्रवन्धक चाङ चुइहुई मारिएको चाइना डेलीले जनाएको छ ।
चिनियाँहरुको बिजनेश टोली मालीका यातायात मन्त्रीसँग रेल्वे लाइन विस्तारबारे छलफल गर्न त्यहाँ पुगेको थियो । टोल्किा अन्यलाई भने उद्धार गरिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकाकी एकजना नागरिक मारिएकी छिन् । अनिता डाटर नाम गरेकी ४१ वर्षीया ती महिला मालीमा विद्यालय पढ्ने बालवालिकाका लागि अमेरिकी सहयोग एजेन्सीमा काम गर्थिन् ।
मारिने अन्यको भने सनाखत भइसकेको छैन ।

No comments :

Post a Comment